newskoseli.Com

अब तरकारीको मूल्य तोक्दिनोस् : लेखा समितिलाई मन्त्री यादवको व्यंग्य

चिनीको बजार मूल्यका विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ ।

समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि मन्त्री र समितिबीच विवाद देखिएको हो ।

चिनीको अधिकतम खुद्रा बिक्री मूल्य ७० रुपैयाँ तोक्ने निर्णय मन्त्रालयले बुधबार गरेको थियो । समितिले बिहीबार ६३ रुपैयाँ तोक्ने निर्णय गरेपछि दुई निकायबीच विवाद देखिएको हो ।

‘समितिबाट चिनीको भाउ ६३ रुपैयाँ तोक्न पत्र आएको छ । भाउ कार्यान्वयन गर्ने हैसियत मन्त्रालयको छैन, यो हाम्रो औकातको विषय होइन,’ शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री मातृका यादवले भने– ‘पत्रको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्छु । प्रधानमन्त्रीको निर्देशनपछि कार्यान्वयन हुन सक्छ ।’

समितिलाई व्यंग्य गर्दै तरकारीलगायत अन्य खाद्यान्नको भाउ पनि तोकिदिन उनले आग्रह गरे । अब मन्त्रालयले समितिलाई भाउ तोक्न आग्रह गरी पत्र पठाउने उनले बताएको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर