newskoseli.Com

अरुण तेस्रोको बिजुली : ७ जिल्ला कटेर पुग्दैछ भारत…

अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सात वटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ ।

ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् उत्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सिधै भारत पुर्‍याउनेछ ।

नक्सांकन बल्ल सकिएकाले अब हाइटेन्सनमा पर्ने जग्गाको मुआब्जा वितरण हुने सतलजका ड्युटी जनरल म्यानेजर विक्रम मेदगिलले जानकारी दिए । नेपालतर्फ ट्रान्समिसन लाइनका ५ सय १ वटा टावर बन्नेछन् ।

मोदगिलका अनुसार संखुवासभामा ४३, भोजपुरमा ७९, खोटाङमा ६५, उदयपुरमा १ सय ३० सिरहामा २६, धनुषामा ७२ र महोत्तरीमा ९५ वटा टावर बन्ने खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर