मर्मत–सम्भार नगरिएका र जथाभावी खनिएका सडकले जताततै दुर्घटना बढाएको छ ।
पछिल्लो ५ वर्षमा ७९ हजार ४ सय १७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए । २० हजार १ सय ४६ गम्भीर घाइते भए भने साधारण घाइतेको संख्या ४० हजार ७ सय ५४ छ ।
ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांक अनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ । गत आर्थिक वर्ष २०७४–७५ मा मात्रै भन्डै २ हजार सडक दुर्घटना भए, जसमा अढाई हजारले ज्यान गुमाए ।
पहिरो र सडक दुर्घटनााट बर्सेनि भौतिक र मानवीय क्षति बढ्नुमा अव्यवस्थित सडकको ठूलो भूमिका रहेको सिँचार्इ मन्त्रालय अन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा कार्यरत भूगर्भविद श्रीकमल द्विवेदीले बताएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।