newskoseli.Com

गुटैगुटका कारण एकता प्रक्रिया जटिल : नेकपाभित्र चुलिँदो विवाद…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिँदै गएको छ । एकताको भावनाविपरीत पार्टीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको हो।

विवाद चुलिँदै गएपछि सांगठनिक एकताको प्रक्रियाले गति लिन सकेको छैन । असोज ५ मा बसेको सचिवालयको बैठकले प्रदेशका इन्चार्ज–सहइन्चार्ज र अध्यक्ष–सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ ।

तीन महिनाभित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरे पनि चार महिना बितिसक्दा समेत एकताको सुरुआत हुन सकेको छैन । पार्टी एकताका क्रममा कुन–कुन जिल्ला, मोर्चा र विभागमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका क–कसले नेतृत्व लिने भन्ने रस्साकस्सी चलेको छ ।

दुई पार्टीभित्र रहेका विभिन्न गुटका कारण पनि एकता प्रक्रिया जटिल बन्दै गएको नेकपाका नेताहरुले बताएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर