newskoseli.Com

‘मलाई कसैले पनि टेरेनन्’ : प्रधानमन्त्री ओलीको दुःखेसो !

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाका नेताहरूसँगको बैठकमा आफूलाई कसैले पनि नटेरेको दुःखेसो पोखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायतका कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन् ।

देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारी समेत पत्ता लगाउन सकिएन । यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनमा पनि भएको छ ।’

दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग छठसम्ममा पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि ‘मधेस आन्दोलन’ मा जाने चेतावनी दिए । प्रधानमन्त्री ओलीले आग्रह गरे– ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो त्यसैले समर्थन फिर्ता लिने कुरै नगरौं ।’

‘मधेशवादी’ राजपाको घुर्की र प्रधानमन्त्री ओलीको निरीहताबारेको यो खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर