newskoseli.Com

काठमाडौं उपत्यकामा ‘५ सय चोरहरू’ सक्रिय !

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिव ५ सय जना चोर सक्रिय छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलाबद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति ‘पेशेवर चोर’ का रुपमा सक्रिय छन् । पछिल्लो ३ वर्षमा देशभर ५ हजारभन्दा बढी चोरीका घटना दर्ता भएकामा १ हजार ५ सयभन्दा बढी चोरी काठमाडौं उपत्यकामा भएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको अभिलेखमा उल्लेख छ ।

श्रृङ्खलाबद्ध चोरीका घटनामा अदालतबाट धरौटीमा छुटेका तथा कैद सजाय भुक्तान गरेका व्यक्ति संलग्न रहँदै आएका छन् । रातिभन्दा दिउँसो बढी चोरी हुँदै आएको छ । चोरीमा १६ वर्ष मुनिका किशोर–किशोरीको संख्या समेत बढ्दै गएको खबर मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर