newskoseli.Com

‘नक्कली विप्लव’ हरुको चकचकी : नियन्त्रण गर्न पार्टीको टास्कफोर्स, बसपार्कमा ठाउँका ठाउँ रामधुलाई !

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) को नाममा नक्कलीहरुको बिगबिगी यति बढ्यो कि काठमाडौंमा उनैको पार्टीका तर्फबाट ‘नक्कली खोज्दै कारबाही गर्न’ अलग्गै ‘टास्कफोर्स’ नै बनाउनु परेको छ ।

बेला कस्तो भने नेकपा (विप्लव) को हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने । त्यसमाथि नक्कलीले माग गरेको रकम पनि सुन्दै अत्यासलाग्दो ।

नक्कलीले यस्तो आतंक मच्चाएपछि नेकपा (विप्लव) लेकमरेड भृकुटीको कमान्डमा आफ्नो दस्तालाई सक्रिय बनाएको छ । भृकुटी महिला नेतृ हुन्, नाम धीरेन्द्रा उपाध्याय, घर कलंकी, यतिबेलाको जिम्मेवारी विभिन्न म्यानपवार कम्पनी, होटल, रेस्टुरेन्टमा चनाखो भएर नक्कलीहरुको खोजी गर्दै कारबाही गर्ने ।

टास्क फोर्सका एक सदस्यका अनुसार गौशला, कलंकी र कोटेश्वरतिरका टिकट काउन्टरदेखि तीनतारे र पाँचतारे होटलसम्म नेकपा (विप्लव) को कार्यकर्ता बनेर नक्कलीहरुले व्यापक पैसा उठाएको सूचना छ ।

त्यसमध्ये दुर्इ साताअघि त नयाँ बसपार्कका होटलमा पैसा उठाउँदाउठाउँदै फेला परेका २७–२८ वर्षका एक युवकलाई तत्कालै रामधुलाई गरेको समेत उनले सुनाएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर