newskoseli.Com

सुरू भयो दसैं : दैनिक १ लाख बाहिरिँदै, उपत्यकाबाट बाहिरिइसके १० लाख

दसैं–तिहार मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करिव १० लाख नागरिक उपत्यकाबाट बाहिरिएका छन् । सोमबारदेखि दैनिक एक लाखको हाराहारीमा सर्वसाधारण काठमाडौंबाट बाहिरिन थालेका छन् ।

‘त्यसअघि दैनिक ३०–४० हजार बाहिरिन्थे तर सोमबारबाटै यो चाप बढ्यो’– महाशाखा प्रमुख पन्तले भने । घटस्थापनासँगै उपत्यकाका अधिकांश स्कुल–कलेज बन्द हुने हुँदा असोज २४ देखि यो संख्या बढ्दै जाने उनको अनुमान छ ।

काठमाडौं उपत्यकाको मुख्य नाका नागढुंगाबाट दैनिक २० हजारभन्दा बढी सवारी साधनले दैनिक आवत–जावत गरिरहेका छन् । यो नाकाबाट बाहिरिने कुनै पनि गाडी रित्तो नभएको प्रहरीको भनाइ छ । सबैले यात्रु बोकेर नै बाहिरिने गरेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले भने– ‘प्रत्येक सवारी साधनमा यात्रु भरिपूर्ण देखिन्छन् ।’ दसैंको सुरूआतसँगै उपत्यका छाडेर आ–आफ्नो घर जाने सर्वसाधारणको यो खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर