newskoseli.Com

४८ सय डाक्टर बेरोजगार ९५० वटा सरकारी दरबन्दी खालि !

देशमा ४ हजार ८ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् ।

दरबन्दी अनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो ।

देशभर १ हजार ६ सय ५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन । ९ सय ५० चिकित्सकको दरबन्दी खालि छ । देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका ७ सय चिकित्सक मात्रै रहेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर