newskoseli.Com

प्रधानन्यायाधीशको ‘कासन’ : ‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’ !

न्यायालयमा विचाराधीन मुद्दामा समाचार प्रकाशन तथा प्रसारण गरिरहेकामा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सञ्चार माध्यमप्रति आपत्ति जनाएका छन् ।

संवैधानिक तथा कानुन पत्रकार मञ्चद्वारा मंगलबार बडादसैं, तिहार तथा छठका अवसरमा आयोजित चियापानमा बोल्दै प्रधानन्यायाधीश मिश्रले विचाराधीन मुद्दामा सञ्चार माध्यमले समाचार लेख्नाले न्याय सम्पादन र न्यायालयको निष्पक्षतामाथि नकारात्मक असर परेको दाबी गरे ।

‘आगामी दिनमा अदालतमा विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह गर्छु’– उनले भने । आमजनतालाई न्यायको अनुभूति दिलाउन न्यायालयले काम गरिरहेको बताउँदै आफूले प्रेसलाई सम्मान गर्ने र न्यायालय सञ्चारकर्मीका लागि सधैं खुला रहने बताए ।

न्यायालयभित्र सुधार गरेर अगाडि बढ्न आफूले काम गरिरहेको उनको भनाइ रहेको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर