newskoseli.Com

३ महिनादेखि उधारोमा व्यवहार धान्दै, प्रदेशका कर्मचारीले पाएनन् तलब !

दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन नसकेको खबर सञ्चार माध्यममा आएका छन् ।

खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । उनीहरूले आफ्नो व्यक्तिगत–पारिवारिक र कार्यालयको दैनिक खर्च समेत उधारोमा चलाइरहनु परेको खबर प्रकाशित हुन थालेका छन् ।

महिला विकास कार्यालयकी नीरा चापागाईंले दैनिक कामको अख्तियारी हालसम्म पाएकी छैनन् । जिल्ला समन्वय समितिको एक कोठास्थित महिला विकास शाखामा रहँदै आएकी उनीसँग कार्यालयमा गर्नुपर्ने कामको कुनै अख्तियारी छैन । उनले असारदेखि हालसम्मको तलब समेत पाएकी छैनन् ।

‘न कामको अख्तियारी छ न त तलब नै,’ उनले भनिन्– ‘सम्बन्धित निकायमा जानकारी गराउँदा समेत अहिलेसम्म कुनै समाधान हुन सकेको छैन ।’ कार्यालयमा १० देखि ५ बजेसम्म कामबिहीन बस्नुपर्दा हैरानी लाग्ने गरेको उनले सुनाइन् ।

उनीसँगै अन्य तीन कर्मचारीको दैनिकी पनि उस्तै भएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर