newskoseli.Com

वामदेवका लागि क्षेत्र खालि : काठमाडौं– ७ मा चुनाव लड्ने पक्का !

प्रतिनिधिसभा चुनावमा बर्दिया– १ बाट पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई संसदमा प्रवेश गराउन काठमाडौं– ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने घोषणा गरेका छन् ।

मानन्धरले राजीनामाका लागि पार्टीमा स्वीकृति–पत्र पेस गरिसकेका छन् र पत्रकार सम्मेलन नै गरेर त्यसको सार्वजनिक जानकारी गराएका छन् । स्वीकृति–पत्र पार्टीले अनुमोदन गरेपछि राजीनामा दिने जानकारी सांसद मानन्धरले दिएका छन् ।

‘मेरो तर्फबाट पार्टीको सचिवालयमा राजीनामा गर्ने स्वीकृति पाऊँ भनेर निवेदन दिएको छु,’ मानन्धरले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने– ‘अब पहिले पार्टीले निर्णय गर्छ अनि म राजीनामा दिन्छु ।’

उनले आफ्नो पत्र सोमबारै सचिवालयमा पठाएका थिए । काठमाडौं– ७ मा दुई पटक लगातार जितेका मानन्धरले गौतमका लागि आफूले स्वतःस्फूर्त रूपमा राजीनामा दिने निष्कर्षमा पुगेको दाबी गरेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

त्यसैगरी, नेकपाका सचिवालय सदस्य वामदेव गौतमले काठमाडौं– ७ बाट उपचुनाव लड्ने पक्का भएको खबर बुधबारको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

समाचार अनुसार तत्कालीन एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि उनको क्षेत्रमा वामदेवलाई चुनाव लड्न बाटो खुलेको हो । मंगलबार पत्रकार सम्मेलन गरेर मानन्धरले सांसद पदबाट राजीनामा दिएको जानकारी गराएका छन् । तर, पार्टी र संसदबाट राजीनामा स्वीकृत हुन बाँकी रहेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर