newskoseli.Com

यसरी लाइसेन्स बेच्छन् यातायातका कर्मचारी : १० जनाविरुद्ध अख्तियारको मुद्धा

यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बिक्री गर्ने गरेका छन् ।

यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । याताया व्यवस्था कार्यालय, बागमतीका तत्कालीन प्रमुख तेजनारायण यादवसहितका कर्मचारीविरुद्ध मुद्धा दायर भएको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार यादवसहित मेकानिकल इन्जिनियर श्याम केसी, शाखा अधिकृतहरु र्इश्वरराज रेग्मी, भुपराज दाहाल, शिवप्रसाद सुवेदी र विष्णुप्रसाद सुवेदीलाई प्रतिवादी बनाएर मुद्धा दर्ता गरिएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर