newskoseli.Com

कसरी ‘प्रमाणित’ भइन् ज्युँदी महिला मृत ?

बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । राज्यले दिने वृद्धभत्ता पनि उनले बुझ्दै आएकी थिइन् ।

गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका– ११, वाङथालमा उनको घर छ ।

घरदेखि दुर्इ घन्टा परको वडा कार्यालय पुग्दा उनलाई बृद्धभत्ता नपाउने कर्मचारीले बताए । वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरेको मान्छेले कसरी भत्ता पउने ? वृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन्– ‘म त मरिसकेछु, अबदेखि भत्ता पाउन्न रे !’

केही युवाले सोधखोज गर्दा पत्ता लाग्यो– ०७४ सलको पुस १७ गते बाटुलीको निधन भएको कागजपत्र वडा कार्यालयमा रहेछ । जिउँदै रहेकी महिलालाई ‘मरेको’ भनी ‘प्रमाणित’ गरिएको यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर