newskoseli.Com

वामदेवको रहरले नेकपाको शीर्ष तहमै हंगामा, के होला अब ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिइरहेका बेला नेता वामदेव गौतमले बहालवाला सांसदलाई राजीनामा गराएर उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ ।

वर्दिया निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमले काठमाडौं– ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा भित्रने प्रक्रिया नेकपामा सुरु भएपछि यसले विवाद भने चर्काएको हो । नेकपाका सांसद रामवीर मानन्धरले मंगलबार पत्रकार सम्मेलनमार्फत गौतमका लागि राजीनामा दिने घोषणा गरेका थिए ।

सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता गौतमसँग छलफल गरी राजीनामा दिन लागेको जनाएपछि नेकपाका सचिवालय सदस्य एव उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्नुपर्ने बताएका छन् ।

यो चर्चासँगै पोखरेल मात्र नभई नेकपाका अधिकांश नेता–कार्यकर्ता तरंगित हुनुका साथै पार्टीभित्र गम्भीर शंशय पैदा भएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर