newskoseli.Com

शुक्रबारका मूल खबर : ‘पछि हटे वामदेव गौतम’ !

शुक्रबारका अधिकांश पत्रिकाले नेकपाका नेता वामदेव गौतम काठमाडौं- ७ मा हुने भनिएको उपनिर्वाचनबाट पछि हटेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

कान्तिपुरले पछि हटे गौतम शीर्षकमा सामाचार प्रकाशित गरेको छ । सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं- ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् ।

चुनाव लड्न हच्किए गौतम शीर्षकमा नागरिकले समाचार प्रकाशन गरेको छ । नेकपाका नेता वामदेव गौतम काठामडौं- ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौतमले काठमाडौं- ७ लाई खालि गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि छाएको थियो । पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए ।

काठमाडौं- ७ बाट वामदेव नलड्ने शीर्षकमा नेपाल समाचारपत्रले समाचार प्रकाशित गरेको छ । पार्टीभित्र तथा बाहिरबाट चर्को दबाब आएपछि नेकपाका नेता वामदेव गौतम काठमाडौं- ७ बाट चुनाव नलड्ने भएका छन् । चौतर्फी रुपमा नेता गौतमको चर्को आलोचना भएका कारण उनले आफू कहींबाट पनि उपचुनावमा सहभागी नहुने घोषणा गरेका छन् ।

हच्किए गौतम शीर्षकमा अन्नपूर्ण पोस्टले समाचार प्रकाशन गरेको छ । चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमार्फत संसदमा छिर्ने योजनाबाट पछि हटेका छन् । पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतम सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन् । उनले सम्भवतः शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन् ।

राजधानी दैनिकले पनि वामदेव फेरी ‘ब्याक’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर