newskoseli.Com

विमानस्थलको सफ्टवेयर बारम्बार ‘ह्याङ’ ! ‘पीआरएम’ मार्फत ‘इमी’ ले गरेन काम…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएएको खबर छ ।

सोमबार दिउँसो १ बजे करिव १ घन्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने ‘इमी’ सफ्टवेयरले काम गरेको थिएन । यात्रु लामो लाइनमा रहेका बेला अचानक ‘पीआरएम’ अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत ‘इमी’ सफ्टवेयरमा डाटा इन्ट्री गर्ने काम बन्द भएको थियो ।

यात्रुको चाप र त्यही बेला सफ्टवेयरमा खराबी आएपछि अध्यागमन अधिकारीले सामान्य जाँच र पासपोर्ट पढेर प्रस्थान अनुमति दिएका थिए । अध्यागमनका एक अधिकृतका अनुसार सफ्टवेयर बारम्बार ‘ह्याङ’ हुने समस्या नौलो नभएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर