newskoseli.Com

‘हप्ता असुली’ को प्रहरी शैली ! यस्तो हुन्छ उपत्यकामा…

‘हप्ता असुली’– गुन्डालाई तह लगाउन प्रहरीले भिराउने एउटा मुख्य आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ ।

अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैं पनि हप्ता असुल्ने गर्छन् । राजधानीमा भेटिएका प्रहरीका पछिल्ला घुसकाण्डले त्यही भन्छन् ।

शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध वृत्तका डीएसपी श्यामकुमार राईले सामान्य भट्टीदेखि बालुवा कारोबारीसम्मका व्यक्तिसँग नियमित पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनले वृत्तमा गएको केही हप्तामै एक बालुवा व्यापारीसँग २ लाख ५० हजार रुपैयाँ लिएका थिए । बालुवा ओसार–पसारमा ‘अनावश्यक दुःख नदिने’ सर्तमा व्यापारीले उनलाई पैसा दिएका थिए ।

पछि फेरि ती व्यापारीलाई ‘टिभी किनिदिन’ डीएसपीले आग्रह गरे । पहिले नै धेरै पैसा बुझाइसकेकाले टिभी किनिदिन ती व्यापारी तयार भएनन् । पछि डीएसपी राईले सोनी ब्रान्डको ७० इन्चको टिभी आफैंले किनेको भन्दै त्यसको बिल तिरिदिन १ लाख ४० हजार रुपैयाँ मागे ।

डीएसपीले पटक–पटक सो रकम मागिरहेपछि ती व्यापारीले अख्तियारलाई खबर गरेर शनिबार पैसा दिएका थिए । पैसा लिएलगत्तै उनी कार्यकक्षबाटै पक्राउ परेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर