newskoseli.Com

राउटेलाई भेटेनन् प्रधानमन्त्रीले, उपराष्ट्रपतिले दिए ५० हजार

प्रधानमन्त्रीलाई भेटेर दसैंखर्च माग्न ५ दिनअघि राजधानी आएका राउटेलाई प्रधानमन्त्रीले भेट नदिएपछि उनीहरू शनिबार फर्कंदैछन् ।

सुर्खेतबाट आएका ४ जना राउटेहरू गत वर्ष जसरी नै भेट नपाउँदा निराश भएर फर्कने तयारीमा लागेका हुन् । प्रधानमन्त्री कार्यालयका सचिवले समेत भेट नदिएको राउटेहरूसँगै आएकी राउटे लोपोन्मूख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले बताइन् ।

२०६७ देखि राउटेहरू दसैंमा राजधानी आएर प्रधानमन्त्री–मन्त्रीहरूलाई भेट्ने गरेका छन् । गत वर्ष पनि राउटेले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् । खड्काका अनुसार भेट नपाए पनि गतवर्ष सरकारले राउटेलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

‘यसपालि उपराष्ट्रपति नन्दबहादुर पुनले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ दिनुभयो,’ उनले भनिन्– ‘राउटेको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यले पहल गर्नुपर्‍यो । राउटे वस्तीमा राज्यले स्वास्थ्यचौकी, शिविर, शिक्षा चलाउनुपर्‍यो ।’

राउटेले खसैंखर्च खोजिरहेको यो खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर