मोरङका ठूला उद्योगी–व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । उनीहरूबाट करबापतको बक्यौता उठाउन विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई हम्मे परिरहेको छ ।
उक्त कार्यालयले उद्योगी–व्यवसायीबाट २०७४–७५ मा ५९ करोड ३३ लाख रुपैयाँ कर उठाउनुपर्ने थियो । तर, उनीहरूबाट अहिलेसम्म ७ करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।
लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तः शुल्क नबुझाउने ७२ वटा व्यापारिक फर्मका सञ्चालकको बैंक खाता र मालपोतमा जग्गा रोक्का राखेको थियो । यसमध्ये ११ वटाले बक्यौता तिरेपछि रोक्का फकुवा गरिएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।