
निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएपछि झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आर्इसीसी) को निलम्बनमा रहेको नोपली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ ।
यस सम्बन्धमा कानुनी र व्यावहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न निर्वाचित क्यानले कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाएको छ ।
निर्वाचित क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली क्रिकेटलाई निलम्बनमुक्त गराउने प्रयासलाई सधैं जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत भइरहेको दाबी गरेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।