newskoseli.Com

५ करोड रुपैयाँ थपियो काष्ठमण्डप पुनर्निर्माणका लागि…

ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई थप ५ करोड रुपियाँ उपलब्ध गराएको छ ।

मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँको चेक प्रदान गरेका हुन् । करिव ३ महिना अघिदेखि सुरू भएको काष्ठमण्डप पुनर्निर्माण कार्यलाई अघि बढाउन उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

यसअघि जेठ २९ मा ५० लाख रुपियाँ उपलब्ध गराइएको थियो । देशको सम्पत्तिका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणलाई निरन्तरता दिन रकम हस्तान्तरण गरिएको जानकारी मेयर शाक्यले दिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर