newskoseli.Com

दुबईमा समातिए सुन तस्करीका मुख्य अभियुक्त बेनु श्रेष्ठ, गोरेका भाइ रमेश पनि ल्याइँदै

३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ ।

श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा ‘रेड नोटिस’ जारी गरिएका श्रेष्ठलाई पक्राउ गरेर ल्याउने प्रहरीको प्रयास लामो समयपछि सफल भएको हो ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ । श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपालमा सुन पठाउने काम गर्थे ।

‘रेड नोटिस’ जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो । दुई देशबच सुपुर्दगी सन्धि नभएका कारण युएईले उनलाई निष्काशन गरी नेपाललाई हस्तान्तरण गरेको हो ।

सुन तस्करका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती पनि दुबईमा पक्राउ परिसकेका छन् । उनलाई पनि नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

उता, सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले भने अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

यसअघि नेपालले गोरेसहित १३ जनाविरुद्ध ‘रेड नोटिस’ जारी गरेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर