newskoseli.Com

नेपालमै ‘प्याराग्लाइडिङ विश्वकप’ को आयोजना !

हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो ।

पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक दिलाउन सफल भएपछि अहिले नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ पनि थप उत्साही बनेको छ । निजी क्षेत्रको प्रयासमा चलिरहेको प्याराग्लाइडिङ खेलले अब बिस्तारै व्यापकता पाउन लागेको छ ।

नेपालमा प्याराग्लाइडिङ खेलको थप विकास गर्ने उद्देश्यले कात्तिक १५ देखि १९ सम्म स्याङजाको स्वरेक महापुर मैदान र डौंवफाँटमा ‘प्रथम प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकप’ (विश्वकप) हुने भएको छ ।

संघले नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको संयुक्त सहयोगमा नेपालमै पहिलो पटक विश्वकप आयोजना गर्न लागेको संघका महासचिव एवं विश्वकपका संयोजक शैलेन्द्र राउतले जानकारी दिएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर