newskoseli.Com

दसैंभर सिसडोल ल्यान्डफिल बन्द : घरबाहिर फोहोर ननिकाल्न महानगरपालिकाको आग्रह

दसैंका मुख्य पाँच दिनभर सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ ।

स्थानीय जनताको आग्रह र काठमाडौं नगरपालिकाका फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी समेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो । फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुवँरले स्पष्ट पारे ।

स्थानीयलाई दसैंमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको कुँवरले बताए । दसैंमा फोहोर व्यवस्थापन गर्न ल्यान्डफिल साइटमा नल्याउनका लागि स्थानीयले चेतावनी समेत दिएका थिए ।

सो अवधिमा घरबाट संकलन हुने फोहोर घरघरमा नै व्यवस्थापन गर्न कामपाले अपिल गरेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर