newskoseli.Com

फास्टट्र्याकका ६२ अग्ला पुल बनाउन छनोटमा ६ कम्पनी

तराई–काठमाडौं द्रुतमार्गमा अग्ला पुल निर्माण गर्न नेपाली सेनाले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ ।

द्रुतमार्गमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुल बनाउन सेनाले इन्जिनियरिङ प्रोकुमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा काम गर्ने गरी कम्पनी छनोट गरेको हो । सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार पाँच चिनियाँ र एक टर्किस कम्पनी प्रारम्भिक चरणमा छनोट भएका छन् ।

अग्ला पुल बनाउन २०७४ चैतमा सेनाले ग्लोबल टेन्डर आह्वान गरेको थियो । १५ वटा कम्पनीले पुल बनाउन इच्छा जाहेर गर्दै आवेदन गरेका थिए । ९ कम्पनी सेनाको मूल्यांकनबाटै बाहिरिए ।

प्रवक्ता भण्डारीका अनुसार टर्किस कम्पनी डोगुस इन्साट भे टिकारेट एएस एन्ड माक्योल इन्साट सनायी टुरिजम भे टिकारेटको जोइन्ट भेन्चर छनोट भएको हो । छनौट भएका चिनियाँ कम्पनीमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन, हुनान रोड एन्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी, चाइना रेलवे २० ब्युरो ग्रुप कर्पोरेसन छन् ।

चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप र चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीको जोइन्ट भेन्चर, लोङजियान रोड एन्ड ब्रिज कम्पनी वपन छनौटमा परेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर