newskoseli.Com

दसैं मनाउन २१ लाख ५४ हजारले छाडे उपत्यका

दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दसैं मनाउन बाहिरिएका हुन् ।

महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । यो तथ्यांक ५ असोजदेखि आइतबार सम्मको हो । सोही दिन सरकारले दसैंका लागि टिकटको अग्रिम बुकिङ खोलेको थियो ।

नेपालका विभिन्न क्षेत्रमा दसैं, तिहार र छठ मनाउन ठूलो संख्यामा मानिस बाहिरिने गरेको पन्तले बताए । महाशाखाका अनुसार हालसम्म १ लाख ६२ हजार ९८ वटा टिकटको अग्रिम बुकिङ भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार गत वर्ष २४ लाखभन्दा बढी यात्रु दसैंका लागि बाहिरिएको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर