newskoseli.Com

घुस्याहा प्रहरी र कर्मचारीले अख्तियारको हिरासत ‘प्याक’ !

घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको छ ।

पछिल्लो समय हरेक दिनजसो प्रहरी र कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दसैंको बिदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् ।

आइतबार मात्र एक उपसचिव, एक इन्स्पेक्टर र एक सिपाही पक्राउ परेका छन् । अदालत घटस्थापनादेखि नै बन्द हुने भएकाले अख्तियारको हिरासतमा चाप बढेको छ ।

हिरासत भरिएपछि अख्तियारले पक्राउ परेकाहरुलाई प्रहरी कार्यालयका हिरासतहरुमा समेत राख्ने गरेको छ । दसैं खर्चका नाममा घुस र विभिन्न बहानामा रकम असुल्नेहरु समेत पक्राउ परेको अख्तियारका प्रवत्ता रामेश्वर दंगालले बताएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर