newskoseli.Com

७५० टुक्रा हीरा र अरु के–के जडित छन् श्रीपेचमा ?

सोमबारदेखि नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनीमा राखिएको श्रीपेचमा ७ सय ५० टुक्रा हीराको हार जडित छन् ।

पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हीरा तथा १६ वटा मणि–माणिक्य जडित छन् ।

श्रीपेचको पछिल्तिर कल्की झुन्डिएको छ । कल्की भनेको चराको पुच्छर हो । दाहालका अनुसार ‘बर्ड अफ प्याराडाइज’ नामक चरोको पुच्छरबाट कल्की बनाइएको हो । यो चरा दुर्लभ र संरक्षित चरा हो ।

श्रीपेच आकर्षक बनाउन राणा प्रधानमन्त्री चन्द्रशमशेरले यो चराको पुच्छर अमेरिकाबाट ल्याएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लगत संकलन गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीले यसको लगत तयार पारेका थिए ।

त्यस क्रममा कल्की बाहेकको भागमा हीरा, मोति, माणिक, नवरत्न र सुन प्रयोग भएको जनाइएको थियो । श्रीपेचलाई शक्तिको प्रतीकका रुपमा लिइने खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर