newskoseli.Com

दसैंमा मासु : ठीक्क खाए प्रोटिन, धेरै खाए दुर्दिन !

Raw meat assortment

दसैंका बेला मासु र मासुका अनेकौं परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ, धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ ।

मासुमा प्रोटिन पाइने हुँदा यसले शारीरिक विकासमा सहयोग गर्छ । तर, कति खाने ? धेरै प्रोटिनयुक्त खाने कुराले फाइदाको साटो हानि गर्छ । शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ ।

मासु थोरै खाए पनि शरीरलाई चाहिने प्रोटिन भरपूर पुग्ने वरिष्ठ पेटरोग विशेषज्ञ प्रा.डा. विधाननिधि पौडेल बताउँछन् । ‘सयदेखि डेढसय ग्राम मासु खाए हुन्छ, एक व्यक्तिले एक पाउभन्दा थोरै मासु खाँदा नै फाइदा हुन्छ, धेरै खाँदा हानि गर्छ’– डा. पौडेलले भने ।

पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन नगर्न चिकित्सकको सुझाव रहेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर