newskoseli.Com

प्रहरीबाटै महिला प्रहरीमाथि बलात्कारको प्रयास !

आफ्नै महिला सहकर्मीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत २१ वर्षीय प्रहरी जवान भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन् । ८ दिनअघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ ।

बर्दियाको बासगढी नगरपालिका– ५, घर भएका ओलीले आफ्नै सहकर्मी महिला प्रहरीलाई असोज २० मा जबरजस्तीको प्रयास गरेका थिए । प्रहरी कार्यालय नजिकै बसपार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी जवानलाई ड्युटी सकेर घर जाने क्रममा ओलीले समातोर जबरजस्ती गर्न खोजेका थिए ।

तर, महिला प्रहरीले प्रतिकार गरेपछि ओली भागेका थिए । लगत्तै ती महिला प्रहरीले आफ्नो श्रीमानलाई खबर गरेकी थिइन् । त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ओली पक्राउ परको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर