newskoseli.Com

६ जना ‘श्रीमान्’ हरु : दसैंभर को–को, के–के गर्दै ?

पूर्वप्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठको यो दसैं पूरै ध्यानमय हुनेछ । ध्यान ‘भगवान’ प्रति समर्पित रहनेछ । उनले पशुपतिको दर्शन पनि गर्नेछन् । दसैं भने सामान्य ढंगले मनाउने योजनामा छन् ।

‘मेरो दसैं कानुन र संविधानमा होइन, पूरै अध्यात्मिक चिन्तन र ध्यानमा बित्नेछ,’ श्रेष्ठले भने– ‘परलोक सुधार्ने काममा लाग्छु, पशुपतिको दर्शन गर्न जान्छु ।’ पशुपतिको आराधनाले ‘मोक्ष’ प्राप्ति हुने विश्वास उनमा छ । प्रधान न्यायाधीश बन्न समेत पशुपतिनाथकै ‘आशिर्वाद’ रहेको श्रेष्ठले बताए । उनी बिहान श्रीमदभागवतगीता पाठ गर्छन् ।

अर्का पूर्वप्रधान न्यायाधीश अनुपराज शर्मा भने नास्तिक हुन् । उनी भने किताब पढेर दसैं बिदाको सदुपयोग गर्ने मुडमा छन् ।

अर्का पूर्वप्रधान न्यायाधीश केदारनाथ उपाध्याय पशुपति र भगवती मन्दिरमा पुगेर दर्शन गर्ने, परिवारका जेष्ठ सदस्य भएका कारण परिवार र घरमा आउने बाबुनानीहरुलाई टीका लगाइदिने, आफन्तकहाँ भेटघाट गर्ने ध्याउन्नमा छन् ।

अर्का पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझीको भने दसैंमा के गर्ने भनेर अझै योजना बनेको छैन ।

पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली भने दसैंभर आत्कथा लेखेर बस्ने योजनामा छन् । उनले आत्मकथाको नाम पनि जुराइसकेका छन्– ‘संयोगका पानाहरु’ ।

प्रधान न्यायाधीश ओमप्रकाश मिश्र भने यस पटक गृहजिल्ला रुपन्देहीको राइपुर पुगेर दसैं मनाउँदै गरेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर