newskoseli.Com

७ प्रहरी अधिकारी मारिए भीडन्तमा…

अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान विद्रोही र प्रहरीबीच भएको झडपमा कम्तिमा सात प्रहरी अधिकारी मारिएका छन् ।

स्थानीय प्रहरी स्रोतले मङ्गलबार दिएको जानकारी अनुसार सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान विद्रोहीले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहारी र अन्य छ जना प्रहरी अधिकारीको मृत्यु भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता पुनिर रहिमीले सिन्ह्वा समाचार समितिसँग यसको पुष्टि गरेका छन् ।

प्रान्तीय राजधानी ऐबाक सहरमा यात्रा गरिरेहका सुरक्षा अधिकारी एम्बुस आक्रमणमा परेको प्रहरी स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी तीन जना प्रहरी अधिकारी घाइते भएका छन् । अफगानिस्तानमा अक्टोबर २० मा हुन गइरहेको संसदीय निवार्चनको क्रममा विद्रोहीहरूले हत्या–हिंसा बढाएको बताइएको छ ।

निर्वाचनका लागि ५४ हजार अफगान सैनिक र प्रहरी अधिकारी तैनाथ गरिएका छन् । ती सुरक्षा अधिकारीले देशभर रहेका ५१ हजार मतदान केन्द्रको सुरक्षा प्रबन्ध गर्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर