newskoseli.Com

भयानक रेल दुर्घटना, कम्तिमा ५० को मृत्यु, सयभन्दा बढी घाइते

भारतको पञ्जाब राज्यस्थित अमृतसर भन्ने स्थानमा शुक्रबार भयानक रेल दुर्घटना भएको छ ।

पठानकोटबाट अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने १ सयभन्दा बढी घाइते भएका छन् ।

जोडाफाटक भन्ने स्थानमा रेलवेको ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

बीबीसी हिन्दीले स्थानीय पत्रकार रविन्दर सिंहलाई उदृत गर्दै जनाए अनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मानिसहरुलाई पछाडि हट्न मञ्चबाट आग्रह गरिएको थियो । ठीक त्यही बेला पछाडिबाट आएको रेलले भीडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो ।

घटनामा कम्तिमा पनि ५० जनाको मृत्यु भएको अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले पुष्टि गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर