newskoseli.Com

५ लाखले पाएका छैनन् ‘स्मार्ट लाइसेन्स’ : दैनिक २० हजार छाप्न थाल्यो निजी कम्पनीले

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन सबै प्रक्रिया पूरा गरेका ५ लाखभन्दा बढीले ‘स्मार्ट कार्ड’ (लाइसेन्स) पाउन सकेका छैनन् । ‘ट्रायल’ पास गरेकाहरूले समेत स्मार्ट कार्डको अभावमा नगदी रसिदकै भरमा सवारी चलाउँदै आएका छन् ।

नेपालमा २३ लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई नवीकरण गर्दा स्मार्ट कार्ड नै दिनुपर्ने नियम छ । पुराना नवीकरण गर्दा र नयाँ लिँदा स्मार्ट कार्ड नै लिनुपर्ने भए पनि पर्याप्त छपाइ हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।

मंगलबारदेखि निजी कम्पनीले पनि दैनिक २० हजार छाप्ने

मंगलबारदेखि निजी कम्पनीले समेत स्मार्ट कार्ड (सवारी चालक अनुमतिपत्र) छाप्ने भएको छ । निजी कम्पनीले पहिलो दिनदेखि नै दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।

सन् २०१८ को जनवरीपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारदेखि छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताए । ‘स्मार्ट कार्डमा समावेश गरिने जनवरीयताको आवश्यक विवरण मालिकालाई दिइसकेका छौं,’ प्रवक्ता उपाध्यायले भने– ‘उसले ४५ दिनभित्र करिव ५ लाख कार्ड प्रिन्ट गरेर दिनुपर्नेछ ।’

सवारी चालक अनुमतिपत्र छपाइको यो खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर