newskoseli.Com

वीरगञ्जबाट ल्याइयो छाप्ने मेसिन : जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना !

कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेका अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’ बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए । जुन बेला उनी हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गर्दै थिए, ११ महिनाको कैद सजाय भुक्तानपछि सीमा क्षेत्रमै रहेर उनले लागूऔषधको कारोबार गर्न थाले ।

यही क्रममा भेट भएका नयाँ बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत लखन– ८, गोरखाका नारायण श्रेष्ठले उनको नक्कली नोट छाप्ने योजना साकार पारिदिएका थिए । नोट छाप्ने मेसिन इन्द्रबहादुरले वीरगञ्जबाट ४० हजार रुपैयाँमा खरिद गरी काठमाडौं ल्याएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर