newskoseli.Com

राष्ट्रपति भण्डारीको ‘राजसी टीका’ ले उडायो गणतन्त्रको खिल्ली !

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ ।

सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर भुइँमा बसेका पूर्वप्रधान न्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ ।

नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर, राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएको गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति भण्डारी) बाट ‘राजसी प्रवृत्ति’ देखाइएर गणतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको भन्दै उनको व्यापक आलोचना भइरहेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर