नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ गुटको जन्म भएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले चर्को आलोचना गर्दै आएका थिए ।
सचिवालयको सोमबारको बैठकमा अघिल्लो पटक सचिवालयले गरेको निर्णय सदर गरिएको निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेर उनीहरुले पार्टीभित्र नयाँ गुटको जन्म दिएका हुन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमजोरी सच्याइने प्रतिबद्धता बैठकमा व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद तत्कालका लागि साम्य भएजस्तो देखिए पनि नेपाल र श्रेष्ठले असहमति जनाएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।