नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्याएको छ ।
फर्म्ड पुलिस युनिट (एफपीयू) शान्ति मिसन अन्तर्गत कूल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाइने भएको छ ।
प्रहरीले बनाएको एफपीयू छनोट कार्यादेश, २०७५ मा २ जुनियर अधिकृत सहित हरेक एफपीयू टोलीमा कम्तिमा २० प्रतिशत महिला पठाइने उल्लेख छ ।
शान्ति मिसनमा महिलाको संख्या बढाउने राष्ट्रसंघकै नीति अनुसार नेपाल प्रहरीले महिला प्रहरीको संख्या बढाउने निर्णय गरेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।