newskoseli.Com

मुख्यमन्त्रीका अगाडि किन जंगिए प्रचण्ड ?

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘दुर्घटना निम्त्याउने काम नगर्न’ चेतावनी दिएका छन् ।

बाटोमा ‘ओभरटेक’ गर्न खोजिए कसैका लागि हितकर नहुने बताउँदै अध्यक्ष दाहालले सस्तो लोकप्रियताका लागि प्रदेश– २ लाई नमूना बनाउनेतर्फ नलाग्न चेतावनी दिएका हुन् ।

प्रदेश– २ को सदनबाट हालै पारित गरिएको प्रदेश प्रहरी ऐनका विषयमा बोल्दै अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् । दाहालले आफूखुसी अघि बढे पाएको अधिकार समेत गुम्न सक्ने खतरा रहेको बताए ।

कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री लालबाबु राउतले चाहिँ संघीय सरकारले प्रदेशलाई निकै असहयोग गर्दै आएको गुनासो राखेको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर