सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनकपुर पुगेर प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउत उपस्थित कार्यक्रममै संघलाई ‘ओभरटेक’ नगर्न चेतावनी दिए पनि प्रदेश सरकार थप ‘ओभरटेक’ गरेर अरु ३ वटा विधेयक ल्याउने अन्तिम तयारीमा लागेको छ ।
प्प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ वटा विधेयकको मस्यौदा तयार भइसकेको र बिहीबार मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति लिइने रदेश– २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । ‘यी तीनै विधेयक बुधबारसम्म तयार भइसक्छन् । बिहीबार सैद्धान्तिक सहमति लिइनेछ,’ प्रदेशमन्त्री यादवले भने– ‘त्यसपछि प्रदेशसभामा दर्ता गराइनेछ ।’
२७ असोजमा विपक्षी नेकपाको विरोधका बीच नियम निलम्बन गर्दै प्रदेश प्रहरी ऐन प्रदेशसभा बैठकबाट पारित गरिएको थियो । संघीय सरकार मातहतको प्रहरीले आफूहरुलाई नटेरेको गुनासो गर्दै प्रदेश सरकारले संघीय प्रहरी ऐनअघि नै प्रहरी विधेयक ल्याएपछि राजनीति तरंगित भएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।