सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिव २ सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् ।
सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिकमाथि ‘कोर्ट मार्सल’ गर्न लागिएको हो ।
कारबाहीमा परेकाहरु सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्मलगायतमा कार्यरत छन् । मानवधिकार उल्लंघन, बहुविवाह, चेन–अफ–कमान्ड उल्लघंन, कार्यालय समयमा मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार प्रदर्शन, लागू पदार्थ सेवन तथा ओसारपसारलगायतका अभियोगमा पनि ठूलो संख्यामा अधिकृत, पदिक र अन्य दर्जाका कर्मचारीमाथि ‘कोर्ट मार्सल’ गर्न लागिएको सैनिक मुख्यालयले जनाएको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।