तपाईंको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ रु छ भने महत्त्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नोस्, तपाईंको ब्यालेन्स गुम्न सक्छ ।
विदेशी ठगहरुले पैसा कमाउन त्यसरी ‘मिस्ड कल’ गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट ‘मिस्ड कल’ गर्ने व्यक्तिले फाइदा उठाइरहेका हुन्छन् ।
विभिन्न देशका नम्बरबाट नेपालमा त्यसरी कल आउने गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘२–३ सेकेन्ड मात्र कल गर्द पनि १–२ सय रुपैयाँसम्म ब्यालेन्स काटिन सक्छ,’अर्यालले भने– ‘यस्ता कल ठग्ने उद्देश्यले आइरहेका छन् ।’
नचिनेका त्यस्ता नम्बरमा ‘कल ब्याक’ नगर्न प्राधिकरणले सचेत गराएको छ । प्राधिकरणले पोल्याण्ड, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण सुडान, साउदी अरेयिबालगायतका देशबाट आएका त्यस्ता कललाई विशेष ध्यान दिन आग्रह गरेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।