महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाका अभियोगमा पक्राउ अभियुक्तले भरिएका छन्
चाडपर्वमा हुने चोरी–डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् । चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ ।
तिनको नियन्त्रणपछि यो वर्षको दसैंमा छिटपुट बाहेक चोरी–डकैतीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए । उनले भने– ‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे, यो पटक त्यति भएनन् ।’
चोर–डाकाले हिरासत कक्षहरु भरिएको यो खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।