newskoseli.Com

गृहमन्त्री बादललाई नारायणकाजीको ‘जय नेपाल’ !

नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘जय नेपाल’ शब्दले स्वागत गरे ।

आफू कार्यक्रमबाट बिदा हुनै लागेका बेला गृहमन्त्री थापा पुगेपछि श्रेष्ठले स्वागत गर्ने क्रममा यस्तो सम्बोधन गरेका हुन् । त्यसलगत्तै श्रेष्ठले पत्रकारहरूसँग भने– ‘यस्ता कार्यक्रमहरूले सहमति, सहकार्य र आपसी एकता मजबुत बनाउँछ ।’

चियापानको दृश्य हेर्दा लाग्थ्यो– सहमति, सहकार्य र एकताको नारालाई जोडतोडलका साथ उठाउने गरेको कांग्रेस र अन्य शक्तिहरूबीच दह्रै समहमति र एकता हुँदैछ । त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि दलहरूबीचको एकता र सहकार्यबाट मुलुकमा शन्ति स्थापना भएको, संविधान जारी भएको र मुलुक संघीयतामा प्रवेश गरेको सम्झना गरे ।

त्यसपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति र एकताको चाबी सत्तापक्षकै हातमा रहेको भन्दै उसले चाहे सहकार्यको सम्भावना रहेको प्रतिक्रिया दिएको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर