प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश– ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ ।
सबैसँग छलफलपछि बर्खास्त गरेको हुँ : ‘मैले प्रधानमन्त्रीदेखि पार्टी नेतृत्व र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेरै निर्णय लिएको हुँ । उहाँ (केशव स्थापित) को व्यवहार र अपशब्द प्रयोगका कारण निर्णय लिन बाध्य भएको हुँ ।’
–डोरमणि पौडेल, मुख्यमन्त्री
मलार्इ कुनै आधिकारिक जानकारी छैन : ‘मलाई आधिकारीक जानकारी छैन । शुक्रबार साँझसम्म पनि आधिकारीक पत्र, म्यासेज, इमेल वा फोन केही आएको छैन । आधिकारिक जानकारी पाएपछि प्रधानमन्त्रीसँग छलफल गर्छु । राजनीतिमा यस्तो उतारचढाव भइरहन्छ, मैले सामान्य रुपमा लिएको छु ।’
–केशव स्थापित, निवर्तमान मन्त्री
केशव स्थापित बर्खास्तीको विस्तृत समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।