newskoseli.Com

नक्कली रिपोर्ट दिने २ डाक्टरविरुद्ध मुद्धा

१२ वर्षीया बालिकामाथि बलात्कार गर्ने बलात्कारी ‘जोगाउन’ गलत मेडिकल रिपोर्ट दिने दुई जना डाक्टरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

धनुषामा भएको बलात्कारको घटनामा पीडित बालिकाको स्वास्थ्य परीक्षणबारे गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पताल धनुषाका डा. भीके सिंह भनिने विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध अख्तियारले मद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार धनुषा जिल्लामा भदौ ४ मा १२ वर्षीया बालिका बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धानका क्रममा भदौ ९ मा जनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गराउँदा डा. सिंह र गोइतले ‘बलात्कार नभएको’ प्रतिवेदन दिएका थिए । त्यसपछि प्रतिवेदनमाथि शंका गर्दै भदौ २४ मा जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको थियो ।

डा. सिंह र डा. गोइतले बलात्कारी जोगाउन गलत प्रतिवेदन दिएको भन्दै अख्तियारमा पीडितको उजुरी परेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर