newskoseli.Com

राजधानीमा रगत : अभावका साथसाथै महँगो पनि !

केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेका छन् ।

मागअनुसार रगत संकलन हुन नसकेको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) ले जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्रम थिए, दुवै स्थगित भए,’ केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनीता राजकर्णीकारले भनिन्– ‘निर्धारित रक्तदान कार्यक्रम हुन नसकेकाले पनि रगतको अभाव भएको हो ।’

उनका अनुसार अहिले दैनिक ३ सयदेखि ३ सय ५० पिन्ट रगतको माग छ तर संकलन सोअनुसार हुन सकेको छैन ।

मूल्यवृद्धि पनि…

ब्लड बैंकले प्रतियुनिट रगतमा सय रुपैयाँ मूल्यवृद्धि गरेको छ । निर्देशक राजकर्णीकारले बिहीबार ब्लड बैंकमा टाँसेको सूचनामा ‘केन्द्रीय रक्तसञ्चार सेवाबाट रगत र रक्ततत्त्व उपलब्ध गराउने क्रममा हाललाई रक्तसंकलन रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार ब्युरोको निर्णयअनुसार प्रतियुनिट थप सय रुपैयाँ लिने व्यवस्था गरेको’ उल्लेख रहेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर