सरकरले १० कूटनीतिक नियोगका लागि चाँडै राजदूत सिफारिस गर्ने भएको छ । रिक्त रहेका ४ र चाँडै रिक्त हुन लागेका ६ कूटनीतिक नियोगमा कात्तिकभित्रै राजदूत सिफारिस गर्ने सरकारको तयारी छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २ मसिरमा जापान भ्रमणमा जानुअघि नै राजदूत सिफरिसका लागि गृहकार्य भइरहेको छ । हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदूत खालि छन् ।
तीन महिनापछि थप ५ मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदूतको म्याद सकिँदै छ । ती सबै स्थानका लागि तत्काल राजदूत सिफारिस गर्ने तयारी भैरहेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।