newskoseli.Com

१०७ सांसदलाई सवा लाख पर्ने ल्यापटप बाँडिँदै…

प्रदेशसभा– २ को सचिवालयले सबै प्रदेश सांसदहरूलाई ल्यापटप दिने भएको छ ।

१ सय ७ जना सांसदलाई सवा लाख रुपैयाँ पर्ने ‘डेल’ कम्पनीको अत्याधुनिक मोडलको ल्यापटक उपलव्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँको भार पर्नेछ ।

सचिवालयसँग कार्यालय प्रयोजनका लागि ‘विद्युतीय उपकरण’ शीर्षकमा करिव २ करोड उपलब्ध रहेकाले ल्यापटप खरिद प्रक्रिया अघि बढाइने सचिवालयका उपसचिव रञ्जित यादवले जानकारी दिएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर